‘को बन्छ करोडपति’को औपचारिक घोषणा, नोभेम्बरदेखि आउँदै

विश्‍व विख्यात टेलिभिजन रियालिटी शो ‘हू वान्ट्स टू बी ए मिलेनियर’ को नेपाली संस्करण ‘को बन्छ करोडपति’को औपचारिक घोषणा गर्न आयोजित पत्रकार सम्‍मेलन। आउँदो नोभेम्बरदेखि को बन्छ करोडपछिको प्रशारण सुरु हुनेछ।तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौं- विश्‍व विख्यात टेलिभिजन रियालिटी शो ‘हू वान्ट्स टू बी ए मिलेनियर’ को नेपाली संस्करण नेपालमा आउँदै छ।

यसको प्रमुख प्रायोजकको औपचारिक घोषणा बिहीबार काठमाडौँमा विशेष कार्यक्रम गरी भएको छ।

‘को बन्छ करोडपति’ नाम दिइएको टेलिभिजन शोलाई कोकाकोलाले प्रमुख प्रायोजन गरेको छ।यो शो अभिनेता राजेश हमालले सञ्‍चाचलन गर्ने छन्।

आउँदो नोभेम्बरदेखि को बन्छ करोडपछिको प्रशारण सुरु हुनेछ। डेविड ब्रिक्स, माइक ह्वाइटहिल र स्टिभन नाइटले सुरु गरेको ‘हू वान्ट्स टू बी ए मिलेनियर’ को संस्करण प्रशारणमा ल्याउने नेपाल १६१औँ देश हो।

यो शो पहिलोपटक सन् १९९८ को सेप्टेक्बर ४ मा बेलायतबाट सुरु भएको थियो।यसलाई एसआरविएन मिडियाले नेपाल भित्र्याएको हो।

तस्बिरहरु- सुलभ श्रेष्ठ/ देश सञ्‍चार

असोज १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्