वर्ल्डकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी तीव्र

स्याङजा- वर्ल्डकप प्याराग्लाइडिङ प्रतियोगिताको लागि सयाङजाको तयारीलाई तीव्र पारिएको छ। नेपाली पात्रो अनुसार कार्तिक १५ देखि १८ गते सम्म स्वरेकमा हुने वल्डकपको नेपालमा पहिलो पटक हुन लागेको हो।

प्रतियोगितामा स्याङजा जिल्लाको ११ वटै स्थानीय तह ,नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाईडिड्ग संघ, नेपाल हवाई खेलकुद संस्था तथा बाबु एडभेन्चर क्लबले संयुक्त रुपमा आयोजना हुँदैछ।

हालै इण्डोनेशियाको जार्कातामा सम्पन्न एसियाड गेमबाट रजत पदक प्राप्त गरेर देशको नाम अन्तराष्टिय जगतमा चिनाउन सफल प्याराग्लाइडिङ्ग खेलको वल्डकपले नेपालको पर्यटन प्रवर्द्धनमा विकासमा ठूलो टेवा पुग्ने बाबु एडभेन्चर क्लबका सानोबाबु सुनुवारले बताउँछन्।

उनी भन्छन्, ‘यो हाम्रो देशको लागि गौरबका कुरा हो, यस प्रतियोगिताले अन्तराष्टिय जगतमा नेपाललाई थप चिनाउने छ पर्यटकहरुकालाई नयाँ गन्तब्य बन्‍ने छ।’सुनुवारले वल्डकपलाई भव्‍य र सभ्य रुपमा सम्पन्‍न गर्नेका लागि विभिन्‍न चरणका कामहरुलाई अगाडि बढाईएको जानकारी दिए।

वल्ड कपलाई भब्य रुपमा सम्पन्न गर्न वालिङ्ग नगरपालिका र भीरकोट नगरपालिका पनि उत्तिकै रुपमा सक्रिय बनिरहेको छ।प्रतियोगिताकालागि विश्वबाट आउने खेलाडि तथा अन्य पाहुनाको लागि स्वागत लगायतका अन्य बसोबास, सुरक्षाका लागि जिल्ला स्तरीय बैठक राखेर विभिन्‍न समितिहरु बनाइएको भीरकोट नगरपालिकाका ले मेयर छायाराम खनालले जानकारी दिए।

उनले भने ‘हामी शुक्रबार जिल्ला समन्वय समितिको संयोजनमा बैठक बस्दैछु, पूर्वाधार विकास, खानेपानी, बसोबासकालागि होमस्टेहरुको प्रबन्ध, बर्षायामले विगारेका बाटोहरुको मर्मत सम्भारका लगायत सम्पूर्ण आवश्यक पूर्वाधारको तयारीमा जुटेका छौ।’ उनले प्रतियोगिता सम्पन्‍न गर्न जिल्लाका सम्पूर्ण संघ संस्था आमा समुह, क्लबहरुको सक्रिय बनाएर लैजाने बताए।

बयरघारी देखि स्वरेक मैदान सम्म पुग्ने कच्चीबाटो ममर्तको काममा आफूहरु लागेको खनालले जानकारी दिए। स्वरेक भञ्ज्याङदेखि मैदान जानेबाटो छोटो र सजिलो भएकोले भञ्ज्याङ महापुर सडक छिटो सुधार गर्नुपर्ने स्थानीयको भनाई रहेको छ।

नेपालमा पहिलो पटक प्याराग्लाइडिङको एकुरेसी वल्डकपमा भीरकोट पाँच स्वरेक मैदानबाट उडान गरेर वालिङ ११ स्वरेक डौवामा ल्याण्डडिङ हुने छ। गत वर्ष स्वरेकमै अन्तरराष्ट्रिय प्याराग्लाइडिङ राष्ट्रिय टीम छनोट प्रतीयोगिता सम्पन्‍न भएको थियो।

असोज १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्