अनलाइन डेटिङको संसारमा प्रियंका चोपडाको लगानी !

काठमाडौं- इन्टरनेट र ‘हुकअप कल्चर’ को यो समयमा बलिउडकी कलाकार प्रियंका चोपडाले पनि अनलाइन डेटिङ्गको संसारमा पाइला राखेकी छन्। सोच्नुभयो होला ‘कसलाई डेट गर्दैछिन्?’ हैन, उनले एउटा डेटिङ्ग वेबसाइटमा लगानी गरेकी हुन्।
प्रियंकाले ‘बम्बल’ नामको सामाजिक र डेटिङ्ग एप्लिकेशनमा लगानी गरेकी हुन्। बम्बलले दिएको आधिकारिक जानकारी अनुसार प्रियंका कम्पनिको लागि पार्टनर, सल्लाहकार र लगानीकर्ता हुन्।
बम्बल एउटा स्थानमा (लोकेशन) आधारित एप हो। आउँदो केही समयमा यसले भारतमा आफ्नो सेवा सुरु गर्दै छ।
यो एप्लिकेशनमा मानिस रोमान्स र मायाको लागि जोडी समेत खोज्न सक्नेछन्। यसका साथै यहाँ साथी पनि बनाउन सकिन्छ।
बम्बलले समलिंगीलाई पनि साथी खोज्न सहायता प्रदान गर्नेछ भने यो एप्लिकेशनमा महिलाले पनि मात्र कुराकानी सुरु गर्न पाउने छन्।
बम्बल लोकप्रिय डेटिङ्ग एप ‘टिंडर’ को प्रतिस्पर्धी कम्पनी हो। टीन्डर भारतीय युवाको माझमा पहिलादेखि नै धेरै चर्चित छ। बम्बलले भारतमा सेवा विस्तार गर्नुभन्दा अगाडि महिलाको सुरक्षाको लागि केही फिचर्स थप्नमा ध्यान दिने बताएको छ।
यसमा तस्बिरको प्रमाणिकरण र ४ हजार भन्दा धेरै मानिसको एक टोलीले प्रोफाइल मोडरेट गर्ने सुविधा उपलब्ध हुनेछ।
भारतमा डेटिङ्ग एप्सको बजार दिनप्रतिदिन बढीरहेको छ। यस्तोमा धेरै कम्पनीहरु मानिसलाई लोभ्याउनमा होडबाजी गरिरहेका छन्।
प्रियंका चोपडाले बलिउड चलचित्रमा त नाम कमाइसकेकी छन्, हलिउडमा पनि उनको शान कम छैन, उनीले अमेरिकन रियालिटि शो ‘क्वान्टीको’ र वेवाच चलचित्रमा अभिनय गरिससकेकी छिन्।
प्रियंका अहिले अमेरिकी गायक तथा अभिनेता निक जोनससँगको सम्बन्धको कारण चर्चामा छिन्।