रोनाल्डोमाथि बलात्कार आरोपः नाइकको गम्भीर चासो, युभेन्टसले गर्यो बचाउ

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको आरोपप्रति खेलकुद सामग्री निर्माता अमेरिकी कम्पनी नाइकले गम्भीर चासो व्यक्त गरेको छ ।
नाइकले रोनाल्डोसँग एक बिलियन अमेरिकी डलरको सम्झौता गरेको बताउने गरिएको छ । रोनाल्डोमाथि लागेको आरोपप्रति गम्भीर चासो रहेको र यससम्बन्धमा नजिकबाट नियाली रहेको नाइकले बनाएको छ ।
यस्तै रोनाल्डोसँग सम्झौता गरेको इए स्पोटर्सले पनि चासो व्यक्ति गरेको छ । अमेरिकी एक महिलाले रोनाल्डोले आफूलाई सन् २००९ मा लस भेगासको एक होटलमा बलात्कार गरेको आरोप लगाएकी छन् ।
३४ वर्षकी क्याथरिन मायोर्गाले लगाएको आरोप रोनाल्डोले स्पष्ट रुपमा अस्वीकार गरेका छन् । यस सम्बन्धमा लस भेगास प्रहरीले पुनः अनुसन्धान सुरु गरेको छ । यहिबिच रोनाल्डोको क्लब युभेन्टसले भने उनको बचाउ गरेको छ ।
.@Cristiano Ronaldo has shown in recent months his great professionalism and dedication, which is appreciated by everyone at Juventus. 1/1
— JuventusFC (@juventusfcen) October 4, 2018