रजनीकान्तको नयाँ पोस्टर, पुरानै शैलीमा आधा उमेरका देखिए सुपरस्टार

सुपरस्टार रजनीकान्तको चलचित्र पेटाको नयाँ पोस्टर रिलीज भएको छ । चलचित्रको यसअघिको पोष्टर भन्दा यो केही फरक देखिएको छ ।
६७ वर्षीय रजनीकान्त यो पोष्टरमा आफ्नो उमेरको आधा उमेरका जस्तै देखिएका छन् । सेतो पहिरनमा देखिएका उनले निधारमा टिका लगाएका छन् । जुंगा केही लामो राखेका रजनीकान्तको यो लुक शानदार देखिन्छ ।
ट्वीटरमा पोस्टर शेयर गरेर सन पिक्चर्सले लेखेको छ, ‘पेटा सेकेण्ड लुक’ ।
#PettaSecondLook@rajinikanth @karthiksubbaraj @anirudhofficial @DOP_Tirru @sureshsrajan @PeterHeinOffl @vivekharshan @VijaySethuOffl @Nawazuddin_S @SimranbaggaOffc @trishtrashers pic.twitter.com/60Td9XWPmS
— Sun Pictures (@sunpictures) October 4, 2018
कार्तिक शुभराजको निर्देशनमा बनीरहेको यो चलचित्रको शूटिंग सुरु भइसकेको छ । सुपरस्टार रजनीकान्तको यो १६५ औँ चलचित्र हो ।