रेलमार्गको कामलाई तीव्रता दिन भारतीय राजदूतको निर्देशन

जनकपुरधाम – नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले निर्माणाधीन जनकपुर–जयनगर रेलमार्गको निरीक्षण गरेका छन् ।

भारतको आर्थिक सहयोगमा निर्माण भइरहेका जनकपुर जयनगर रेलमार्ग तयार भएपनि सिभिलतर्फका कामहरु अझै बाँकी रहेको भन्दै राजदूत पुरीले काममा तीव्रता दिन निर्देशन दिएका छन् ।

राजदुत सिंहले रेल सञ्चालन गर्ने समय कम रहेकोले बाँकी रहेका भवन निर्माण, रगंरोगन लगायतका कार्य छिट्टै पुरा गर्नुपर्ने बताएका छन् ।

जनकपुर–जयनगर निरीक्षणका क्रममा क्रममा राजदूत पुरी जनकपुर रेलवे स्टेशनबाट रेल चढेर करिब १० किलोमिटर पूर्वमा पर्ने बैदही स्टेशसनसम्म पुगेका थिए ।

रेलको चालक कक्षमा बसेर राजदूत पुरीसहित भारतीय विदेश मन्त्रालयका पदाधिकारीहरुले निर्माण कार्यको निरीक्षण गरेका छन्।

भारतको इर्कन कम्पनीले गर्दै आएको निर्माण कार्यमा ३४ किलोमिटर ब्रोडगेज निर्माणकार्य सम्पन्न भएको छ । राजदूत पुरी बैदही स्टेशनबाट फर्किएपनि भारतीय विदेश मन्त्रालयबाट पुगेका पदाधिकारीहरुको टोली जयनगरसम्म पुगेर निर्माण कार्यको प्रगतिबारे जानकारी लिएको रेल विभागका साइट इन्जिनियर विनोद ओझाले बताए ।

वर्ष २०१८ भित्र रेल विभागले रेल गुडाउने लक्ष्य लिएको छ । पहिलो चरणमा जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म रेल चलाउने तयारी गरिएको छ भने ३४ किलोमिटर दुरी रहेको जनकपुर–कुर्था रेलखण्डमा १७ किलोमिटरसम्म सफल परीक्षण भइसकेको छ।

पहिलो चरणमा २३ साउनमा भारतको जयनगरदेखि खजुरी स्टेशनसम्म करिब साढे ८ किलोमिटर र दोस्रो चरणमा खजुरीदेखि दुहबी स्टेशनसम्म ९ किलोमिटर रेलको परीक्षण गरिएको थियो ।

उक्त रेलसेवा सेवाको उद्घाटनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि रेल चढेरै जनकपुर आउने खबर समेत छ ।

असोज १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्