फिफाद्वारा सिएरालियोन निलम्बित

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सिएरालियोनलाई अन्तर्राष्ट्रिय फुटबलबाट निलम्बित गरेको छ । देशको फुटबल एसोसिएसनको व्यवस्थापनमा सरकारले दखल दिएको भन्दै फिफाले सिएरालियोनलाई अन्तर्राष्ट्रिय फुटबलबाट निलम्बित गरेको हो ।

सिएरालियोनको भ्रष्टाचार विरुद्धको आयोग (एसिसी) ले देशको फुटबल एसोसिएसन (एसएलएफए) का दुई शीर्ष अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएपछि फिफाको निर्णय आएको हो ।

एसएलएफएमाथिको सरकारी दखल बन्द भएको तथा एसएलएफएले उसका गतिविधिमा पूर्णतहः नियन्त्रण रहेको स्पष्ट गरेको अवस्थामा मात्रै निलम्बन फुकुवा हुने फिफाले जनाएको छ ।

अक्टोबर ११ भन्दा अघि निलम्बन फुकुवा नभएमा सन् २०१९ को अफ्रिका कप अफ नेशनको छनौट अन्तर्गत घानासँगको सिएरालियोनको खेल रद्द हुनेछ ।

असोज २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्