काठमाडौँ – रेडियो नेपालकी पूर्व समाचार वाचिका तथा गायिका कोमल वलीको परिचय पछिल्लो समय फेरिएको छ । उनी सांसद भएकी छन् । राजनीतिमा उनको यात्रा सुरुमा अस्थिर देखियो । उनीले पार्टी परिवर्तन गरिन् ।

अहिले उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध छिन् र नेकपाबाटै राष्ट्रियसभाको सांसद बनेकी छन् । उनी पछिल्लो समय सांगीतिक भन्दा पनि राजनीतिक गतिविधिमा सक्रिय हुने गरेकी छन् ।

उनका गतिविधिको जस्तै उनको सुन्दरताको चर्चा पनि भइरहन्छ । उनी पहिले विभिन्न ग्ल्यामरस पहिरनमा देखिन्थिन् भने अहिले उनी प्रायः सारीमा देखिने गरेकी छन् ।

कोमल वली कोमल शुक्रबार एक कार्यक्रममा भेटिइन् । साधरण सारीमा देखिएकी कोमलले आफ्नो दसैँ योजनाबारे भनिन्, ‘त्यस्तो ठूलो योजना त केही छैन, सामान्य नै छ । पुर्ख्यौली घर दाङ जाने सोचमा छु ।’

उनले किनमेलको कुनै योजना नरहेको बताइन् । उनले दसैँको बेलामा महंगी बढ्ने भएकाले सकेसम्म कम मात्रै सामान किन्न अरुलाई पनि आग्रह गरिन् । उनले दसैँको समयमा केही पुस्तक पढ्ने योजना बनाएकी छन् ।