महंगो कुकुरलाई चोट लागेपछि युवकको हत्या

कुकुरलाई गाडीले ठक्कर दिएर सामान्य चोट लागेपछि भारतको राजधानी दिल्लीमा एक युवकको हत्या गरिएको छ । मृतकका भाई गम्भीर घाइते छन् । प्रहरीका अनुसार घटनामा संलग्न तीन जना फरार छन् ।

घटना शुक्रबार रातिको हो । तीन आरोपीहरुले पीडितलाई चक्कु प्रहार गरेर हत्या गरेका हुन् । बिजेन्द्र राणाले गाडी चलाइरहेका बेला कुकुरलाई ठक्कर लाग्यो र सामान्य चोट लाग्यो । घटनापछि रिसाएको कुकुरको परिवारले बिजेन्द्रलाई घरबाट बाहिर निकालेर चक्कु प्रहार गर्दै हत्या गर्‍यो । भारतीय प्रहरीका अनुसार उक्त कुकुर अहिले पनि जीवित नै छ ।

घटना बिजेन्द्र राणाको परिवारका सदस्यहरुकै अगाडि भएको हो । उनको परिवारका सदस्य हमलाकारीहरुका अगाडि हात जोडिरहेका थिए । परिवारका सदस्यहरुले बिजेन्द्र र उनका भाई राजेशलाई घरबाटै तानेर लगेको बताएका छन् । बिजेन्द्र र राजेशलाई त्यही ठाउँमा लगेर चक्कु प्रहार भएको थियो जहाँ कुकुरलाई चोट लागेको थियो ।

बिजेन्द्रकी श्रीमती सीमा राणाले भनिन्, ‘मेरो श्रीमान आफ्ना भाईलाई बचाउने प्रयास गरिरहेका थिए । तर उनीहरुले सुरुमा इट्टाले हिर्काइरहेका थिए पछि चक्कु प्रहार गरेर हत्या गरे । म आफ्नो छोरोको साथमा दुवैजनालाई नमार्न भनि बिन्ती गरिरहेकी थिए । ‘

प्रहरीले घटनामा संलग्न रहेका अंकित, उनका भाई पारस र देव चोपड़ा फरार रहेकाे जनाएकाे छ । उनीहरुका विरुद्ध ज्यान मुद्धा दर्ता गरिएको छ ।

अंकित र पारसको परिवारले भनेको छ कि त्यो कुकुर धेरै महंगो थियो उसका लागि उनीहरु यो हदसम्म जान सक्थे ।

अशोज २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू