मिस पोखराको ताज सारा बजिमयलाई

पोखरा- पोखरा जेसिज आयोजना गरेको १०औँ संस्करणको मिस पोखराको ताज सारा बजिमयले जितेकी छन्।

शनिबार पोखरा सभागृहमा आयोजित ग्राण्ड फिनालीमा अन्य १४ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन्।

प्रतियोगीतामा सुजिता केसी फस्ट रनर्सअप र मिनाश्री शर्मा सेकेन्ड रनर्स अप बनेकी छन्।

हिमाअस एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजन तथा कोशेली तेलको प्रस्तुतिमा प्रतियोगिता आयोजना भएको कार्यक्रम संयोजक देवराज शर्माले जानकारी दिए।

असोज २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्