सलमान खान भन्छन्, ‘बलिउडमा दाजु-भाइ,छोरा चल्दैनन, ज्वाइँ त परको कुरा’

सलमान खानले आफ्नो चलचित्रबाट धेरै अभिनेत्रीहरुलाई डेब्यू गराएका छन्। सूरच पञ्जोली र आथिया सेट्टीपछि सलमान खानले आफ्नो ज्वाई आयुष शर्मालाई डेब्यू गराइरहेका छन्।

आयूष सनमानकी बहिनी अर्पिता खानको श्रीमान् हुन्। उनी ‘लभ यात्री’ बाट बलिउडमा डेब्यू गर्दैछन्। चलचित्रमा उनको जोडी वारिणा हुसैन छिन्।

सलमान आफैँ चलचित्रको प्रोमोसनको लागि जुटिरहेका छन्। यसको साथै एक पल्ट फेरी बलिउडमा भा भतिजावादमा बहस सुरु भईरहेको छ।

तर सलमान खान बलिउडमा भाइ भतिजावादले काम गर्न नसक्ने बताउँछन्।

बिबिसीसँगको कुराकानीमा सलमान खानले भने, ‘यहाँ मात्र दर्शकले तपाईलाई स्टार बनाउन सक्छन्। यस फरक पर्दैन की उ कसको छोरा हो। यहाँ भाई भतिजावाद चल्दैन। तपाई जति प्रयास गर्नुहोस् कसैलाई स्टार बनाउन सक्नुहुन्‍न।

उनले भने, ‘यहाँ भाई, छोराहरु चल्दैनन्, ज्वाइँ त परको कुरा।’ सलमान भन्छन्, ‘म लेखकको छोरा हुँ, अजय देवगन एक्सन डाइरेक्टरका छोरा हुन्। तर स्टार दर्शकले नै बनाउने हो र तपाईलाई थाहा हुन्‍न की दर्शकले तपाईमा के राम्रो देख्छन्, तपाईमा के राम्रो लाग्छ।’

‘तपाई जतिसुकै राम्रो मानिस हुनुहोस् वा उत्कृष्ट अभिनेता हुनुस् दर्शकले तपाईलाई नकार्न सक्छन्।’

सलमान खानले प्रस्ट पारे की चलचित्रमा ठूलो स्टाससँग जोडिएर खासै फरक पर्दैन। धेरै पल्ट ठूला स्टारको पनि सिनेमा चल्दैनन्।

‘उनीहरुको आफ्नै चलचित्र चलिरहेको हुँदैन, अरुको चलचित्र कसरी चलाउन सक्छन्। मित्रताको कारणले मैले धेरै चलचित्रमा पाहुना कलाकारको भूमिका निभाएका छन् तर ती चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेका छैनन्।’

उनको अनुसार बलिउडमा सबै स्टार बन्न आउँछन् तर सबैकुरा भाग्यमा निर्भर हुन्छ। सलमान आफूलाई भाग्यमानी सम्झन्छन् कि उनको फ्लप चलचित्रले पनि १०० करोडभन्दा धेरै कमाइसक्यो।

उनी मान्छन्, ‘अब इन्डस्ट्रि धेरै नै परिवर्तन भइसकेको छ। एउटा फ्लप चलचित्रले दर्शक बदलिउन अथवा नबदलिउन् इन्डस्ट्रिको मानिसहरु बदलिन्छन्। अब इन्डस्ट्रि धेरै नै बदलिइसकेको छ। प्रतिस्पर्धात्मक भईसक्यो। तर नराम्रो कुरा के हो भनेँ, अब मानिस अरुको इर्ष्या गर्छन्, जुन कुरा पहिला हुने थिएन।’

‘बिग बोस’ र ‘दशका दम’ होस्ट गर्ने सलमान टीभीलाई शक्तिशाली मिडिया मान्छन्। उनी भन्छन्, ‘मानिसहरु टिभिलाई कमजोर आँकलन गर्छन्। ठूलो पर्दामा फ्लप भएका कलाकार टेलिभिजनमा देखिए खस्किएको व्याख्या गर्छन् तर यो साँचो होइन। टीभीको पहुँच धेरै अद्भुत छ।

म पनि टlभLमा काम गर्छु। यहाँ धेरै अभिनेता राम्रो कमाइ गरिरहेका छन्। ‘मलाई स्मरण छ, दशका दमको एक एपिसोडमा जब आमिर खान अतिथि बनेर आएका थिए, टिआरपी ३.२ थियो। त्यही शोमा जब चार अभिनेत्रीहरु आए तब टीआरपी ५.८ पुगेको थियो।

उनले निर्माण गरेको चलचित्र ‘लभ रात्री’ शुक्रबार रिलिज हुँदैछ।

असोज २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्