ब्राजिल राष्ट्रपति चुनावः पहिलो चरणमा राष्ट्रवादी उम्मेदवार अघि

ब्राजिलमा भएको राष्ट्रपति चुनावको पहिलो चरणमा राष्ट्रवादी उम्मेदवार जाइर बोल्सोनारु विजयी भएका छन् । उनले अब दोस्रो चरणको चुनावमा वाम पन्थी पार्टी वर्कर्स पार्टीका उम्मेवार फेर्नान्डो खाबासँग प्रतिस्पर्धा गर्नेछन् ।

दोस्रो चरणको चुनाव अक्टोबर २८ मा हुनेछ । पहिलो चरणको चुनावमा राष्ट्रवादी उम्मेदवार विजयी भए पनि राष्ट्रपति बन्नका लागि चाहिने ५० प्रतिशत मत ल्याउन नसकेकाले दोस्रो चरणको चुनाव हुने भएको हो ।

अधिकांश मत गनिसक्दा बोल्सोनारुले ४६ प्रतिशत तथा खाबाले २९ प्रतिशत मत पाएका छन् । चुनावअघि भएको सर्वेक्षणमा दोस्रो चरण दुई उम्मेदवारबिच मत बराबरी हुने देखिएको थियो ।

पहिलो चरणको नतिजा आएपछि बोल्सोनारुले विद्युतीय मतदान प्रणालीमा समस्या नआएको भए आफूले राष्ट्रपति बन्नका लागि चाहिने ५० प्रतिशत मत पाउने दाबी गरे ।

तर उनले समस्या के हो भन्ने चाहिँ किटान गरेनन् । ब्राजिलको निर्वाचन आयोगले भने मतदान कुनै पनि ठूलो समस्या बिना राम्रोसँग सम्पन्न भएको बताएको छ ।

असोज २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्