हिमालय अाँखा अस्पतालमा आँखा विशेषज्ञको पढाई हुने

पोखरा – नेपाल नेत्र ज्योति संघ कास्की शाखाले संचालन गरेको हिमालय आँखा अस्पतालले आँखा विशेषज्ञको अभावलाई ध्यान दिएर दृष्टि विशेषज्ञ सम्बन्धी स्नातक तहको पढाई सुरु गर्ने भएको छ ।

आँखाको उपचारलाई प्रभावकारी बनाउन अस्पतालले पोखरा विश्वविद्यालयको संयुक्त आंगिक कार्यक्रमका रुपमा सो विषयको पढाईलाई सुरुवात गर्न लागेको हो ।

लगातार दुई वर्षको प्रयासपछि आँखा विशेषज्ञको पढाई सूरु गर्न लागेको अस्पताल विकास समितिका अध्यक्ष प्रा.डा.दिल बहादुर क्षेत्रीले जानकारी दिए । कार्यक्रमको संचालन र व्यवस्थापनकालागि डा. क्षेत्रीको नेतृत्वमा सात जनाको व्यवस्थापन समिति गठन गरिएको हो ।

विज्ञान विषयमा प्लस टु तथा सो सरह पास भएका विद्याथीहरुको प्रवेश परिक्षा जाँच लिएर स्नातकमा भर्ना लिइनेछ ।
अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. इन्द्रमान महर्जनले पोखरा विश्व विद्यालयको नीति नियममा रहि मंसिर १५ गते देखि आँखा विशेषज्ञको पढाई सुरु गर्ने बताए ।

अस्पतालको रजत जयन्तीको अवसमा सुरु गर्न गर्न लागेको चार वर्षे शैक्षिक कार्यक्रमका लागि दुवै शैक्षिक संस्थाबिच सम्झौता भइसकेको उनले जानकारी दिए ।

असोज २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्