बलिउडका चर्चित अभिनेता दिलीप कुमार फेरि अस्पताल भर्ना

काठमाडौं- बलिउडका चर्चित अभिनेता दिलीप कुमार निमोनियाका कारण अस्पताल भर्ना भएका छन्।

उनलाई निमोनियाले च्‍यापेपछि आइतबार राति लिलावती अस्पतालमा भर्ना गरिएको उनको परिवारले ट्वटर मार्फत जानकारी दिएको छ।

यसअघि ५ सेप्टेम्बरमा टाउको दुख्‍ने र छात्तीमा असर गरेपछि दिलीप कुमारलाई लिलावती अस्पतालमा भर्ना गरिएको थियो। उनी हाल ९५ वर्षका भए।

पछिल्लो समय उनी सार्वजनिक कार्यक्रममा देखा पर्दैनन्। आफ्नै घरमा जीवन बेतित गरिरहेका छन्। उनलाई पत्‍नी सायरा बानोले हेरचाह गर्दै आएकी छिन्।

उनी बिरामी भएको खबरले बलिउडका धेरै कलाकारह उनलाई भेट्‍न घरमै पुग्‍ने गरेका छन्।

दिलीप कुमारको जन्म पेशावर (अहिलेको पाकिस्तान) शहरमा सन्१९२२, ११ डिसेम्बरमा भएको थियो। उनले १९४४ मा फिल्म ज्वारभाटाबाट पहिलो पटक डेब्यू गरेका थिए।
यसपछि उनले क्रान्ति, गंगा जमुना, मधुमती, कोहीनूर, राम और श्‍याम, आजाद, सौदागर लगायत चलचित्रमा काम गरे । यसलाई उनलाई निक्‍कै चर्चित बनायो।

असोज २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्