बलिउडका स्टार जोडी

ब्वाईफ्रेन्डका लागि अजय देवगनसँगै टिप्स लिनेगर्थिन् काजोल

काजोल र अजय। तस्बिरहरुः एजेन्सी

काठमाडौं-बलिउडका सदावहार कलाकार काजोल र अजय देवगनको विवाह भएको १९ वर्ष भयो। सन् १९९९ मा विवाह गरेका अजय र काजोलका कयौं किस्साहरु छन्।

त्यसमा सबैभन्दा पनि सबैभन्दा चर्चित प्रसंग चाहिँ काजोलले अजयसँग आफ्ना प्रेमिका लागि मागेको ‘टिप्स’ हो।

के भन्ने? कसरी आकर्षित गर्ने? आदि विषयमा अजयसँग काजोलले प्रायः प्रश्न गरिनै रहन्थिन्। तर, भविष्य कसले देखेको हुन्छ भनेझैँ प्रेमीका लागि ‘लभ टिप्स’ माग्ने काजोल नै अजयकी जीवनसाथी बन्न पुगिन्।

अजयले भारतीय सञ्चारमाध्यमसँगको एक अन्तरवार्तामा भनेका छन्, ‘पहिलो नजरमा प्रेमभाव व्यक्त भएको थिएन, तर विस्तारै समयले हामीलाई जीवनसाथी बनाइदियो।’

काजोललाई पनि पहिलोपटक अजयसँग भेट्दा खासै क्षमतावान लागेनछ। ‘तर, पहिलो पटकसँगै काम गरेपछि चाहिँ सही मानिससँग भेट भएछ भन्ने लाग्यो,’ उनले भनिन्।

असोज २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्