७ वर्षकी बालिकाको बलात्कारपछि हत्या, मस्जिदको छतमा भेटियो शव

भारत उत्तर प्रदेशको गाजियाबादमा सात वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको घटनाको सर्वत्र विरोध भइरहेको छ । गाजियाबादको मुरादनगरकी सात वर्षकी बालिकाको गएको शनिबार बलात्कारपछि हत्या भएको हो ।

ती बालिकाको शव आइतबार बिहान घर नजिकै रहेको मस्जिदको छतमा भेटिएको हो । शनिबार बालिका अरु बालबालिकासँगै खेल्दै थिइन् । सबै बालबालिका घर आएपनि आफ्नो छोरी नआएपछि चार वर्षको छोरासँग सोध्दा मस्जिद तिर गएको भन्दै देखाएको हत्या भएकी बालिकाका पिताले बताएका छन् ।

शनिबार बालिकाको खोजी भयो, पिताले प्रहरीकोमा छोरी हराएको उजुरी दर्ता गराए । आइतबार बिहान घरबाट १०० मिटरको दूरीमा रहेको मस्जिदमा प्राथना गरिरहेका थिए, उनी बेपत्ता छोरीको शव त्यहि मस्जिदको छतमा थियो ।

मस्जिदको छतमा आएका बाँदर लखेट्न गएका सुलेमान नाम गरेका बालकले पहिले शव देखेका हुन्। उनले शव क्षतविक्षत अवस्थामा देखेपछि आएर सबैलाई बताए । त्यसपछि प्रहरीलाई खबर भयो । पोस्टमार्टम गर्दा बालिकालाई बलात्कार गरिएको तथा गम्भीर रुपले कुटपिट गरिएको र अन्त्यमा घाँटी अँठ्याएर हत्या भएको खुल्यो ।

घटनामा छिमेकी तथा स्थानीय सभासद एजाजको संलग्नता रहेको पीडित बालिकाका बुवाको आरोप छ । स्थानीय चुनावका बेला आफूले सहयोग नगरेको दुष्मनी एजाजले छोरीमा निकालेको उनको भनाई छ । घटनामा एजाज आफै वा उनको जानकारीमा अरु कसैको संलग्नता रहेको बालिकाका पिताले आरोप लगाए ।

एजाजको घर बालिकाको शव भेटिएको मस्जिदको अगाडि छ र बालिकाको घरसँगको दूरी केही मात्रै छ । गाजियाबादका प्रहरी अधिकारी वैभव कृष्णका अनुसार चारजना विरुद्ध किटानी जाहेरी दर्ता भएको र सबैलाई चाँडै नै पक्राउ गरिने छ ।

सबै तस्बिर : समीरात्मज मिश्र/बिबिसी हिन्दी

अशोज २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू