पाँच लाख घुससहित कार्यालयबाटै सह-न्यायाधीवक्ता पक्राउ

सांकेतिक तस्बिर

पोखरा – प्रदेश नम्बर ४ का सह-न्यायाधीवक्ता शुरेन्द्रबहादुर थापा पाँच लाख घुस रकम सहित रंगेहात पक्राउ परेका छन् ।

आफ्नै कार्यालय ( सरकारी वकिलको कार्यालय) मा कपिलवस्तुका रामकुमार टण्डनसँग पाँच लाख घुस लिँदै गर्दा उनलाई बुधबार बिहान साढे आठ बजेतिर अख्तियार दुरूपयोग अनुसन्धान आयोगकाे टाेलीले पक्राउ गरेको हो ।

टण्डनका छोरा अनुपम कुमार ठगी मुद्वामा पक्राउ परेको र उनको मुद्वा अगाडि नबढाउने सर्तमा सहन्यायाधीवक्ता थापाले पाँच लाख घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

असोज २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्