बलात्कारपछि हत्या गरेको आरोप लागेका कुसुम पुर्पक्षका लागि थुनामा

सांकेतिक तस्बिर

पोखरा – पोखरा २२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या गरेको अभियोग लागेका कुसुम पौडेल जेल चलान भएका छन् । असोज १० गते हत्या आरोपमा उनी पक्राउ परेका थिए ।

कुसुमलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनलाई बुधबार कारागार चलान गरिएको छ ।

असोज ८ गते पसल जाँदै गरेकी १० वर्षीया श्रेया सुनारलाई मदिराको नशामा रहेका छिमेकी २७ वर्षका कुशुम पौडेलले चकलेट किन्न पैसा दिने लोभमा बलात्कारपछि हत्या गरेको आरोप छ ।

उनलाई न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले मंगलबार थप अनुसन्धानका लागि कारागार पठाउने आदेश गरेको हो ।

असोज २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्