नेपाली कांग्रेसका प्रवक्ता शर्मा भन्छन्,

‘अब वामदेवलाई हराउनु पर्ने आवाज सशक्त हुन्छ, कांग्रेसको जीत निश्चित छ’

कांग्रेस प्रवक्ता शर्मा र नेकपाका नेता गौतम।

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं क्षेत्र नम्बर–७ मा हुने निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार विजयी हुने बताएका छन्।

शर्माले सांगठानिक रुपमा बलियो पकड रहेको क्षेत्र भएकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमसँग प्रतिष्पर्धा भएपनि आफ्नै पार्टीका उम्मेदवार विजयी हुने दावी गरेका हुन्।

शर्माले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तथ्यांकलाई केलाएर हेर्दा पनि नेकपाका नेता गौतमलाई जित्न सहज नहुने बताएका छन्।

‘हेनुहोस्, प्रतिनिधिसभामा वामगठबन्धनका उम्मेदवारसँग कांग्रेस–राप्रपा गठबन्धनका उम्मेदवार ८ हजार मतअन्तरले पराजित भए, तर कांग्रेसका प्रदेशसभाका एक उम्मेदवार १ सय भोट र अर्का उम्मेदवार ७ सय भोटले मात्रै पराजित भएका थिए,’ शर्माले भने।

सामान्य मतअन्तरले मात्रै पछिरहेकोे कांग्रेसलाई उपनिर्वाचनमा विजयी गराउन सहज हुने प्रवक्ता शर्माको धारणा छ। ‘अब वामदेवलाई हराउनुपर्छ भन्ने आवाज सशक्त हुन्छ, कांग्रेसको जीत निश्चित छ,’ शर्माले देश सञ्चारसँग भने।

अशोज २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्