नेपालगञ्जमा दसैँको उल्लास

डेढ सय वर्षदेखि रामलीला (फोटो फिचर)

रामलीला महामहोत्सव। तस्बिरः कुमार श्रेष्ठ/देश सञ्चार

नेपालगञ्ज – नेपालगञ्जमा डेढ सय वर्षदेखि हुँदै आएको रामलिला महामहोत्सव बुधबारदेखि हुँदैछ। त्यसको सिलसिलामा अपरान्ह बजारमा शोभा यात्रा निकालिएको छ।

नेपालगञ्जको सांस्कृतिक पहिचान बनेको रामलीला महोत्सवको यो १ सय ५१औं वर्ष हो। रामगोपाल टण्डन, भाइलाल हल्वाईलगायतले यसको शुरुवात गरेका थिए। बाँकेबगियास्थित रामलीला मैदानमा महोत्सव सञ्चालन हुँदै आएको छ।

घटस्थापनादेखि कात्तिक ३ गतेसम्म रामलीला महोत्सव सञ्चालन हुन्छ। भारतको बृन्दावनबाट ल्याइएका कलाकारहरुले रामलिला मञ्चन गर्छन्। नेपालगञ्जको परम्परालाई जोगाई राख्नका लागि पछिल्ला पीढीले यसलाई निरन्तरता दिइरहेका छन्।

प्रचारमन्त्री बिष्णुलाल प्रजापतिले सहयोग संकलन गरेर रामलीला महोत्सव गर्दै आएको बताए। उनका अनुसार रामलीला महोत्सव सञ्चालन गर्न १५ लाखको लागत लाग्छ। गतवर्ष १३ लाख रुपैयाँ लागेको थियो।

राति ८ देखि १२ बजेसम्म रामलीला देखाइन्छ। आज रामलीला आरम्भ हुन्छ। २८ गते धनुष यज्ञ, कात्तिक २ गते रावणवध, तीन गते भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महामहोत्सव समापन हुने अध्यक्ष श्यामसुन्दर कनोडियाले जानकारी दिए।

असोज २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्