देश सञ्चार बिहानी : आज के के हुँदैछ ?

काठमाडौँ – आश्विन नवरात्रको दोस्रो दिन अर्थात बडा दसैँको दोस्रो दिन बिहीबार माता दुर्गाको दोस्रो शक्ति स्वरुप ब्रह्मचारिणीको पूजा गरेर मनाईँदैछ । ब्रहृम शब्दको अर्थ तपस्या हुन्छ। तपको आराधना गर्ने देवी भनेर यिनलाई ब्रहृमचारिणी भनिएको हो।

यो देवीको दायाँ हातमा जपको माला र बायाँ हातमा कमण्डलु हुन्छ। देवीको उपासना गर्नाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार, संयम बढ्दै जाने उसलाई विजय हात लाग्ने विश्वास गरिन्छ।

नेपाल प्रहरीले ६३ औँ प्रहरी दिवस मनाउँदैछ । दिवसको अवसरमा बिहीबार विशेष कार्यक्रम हुँदैछ ।

यस्तै प्रतिनिधिसभाको उद्योग तथा बाणिज्य समितिको बैठक बस्दैछ । बैठक सिंह दरबारमा बिहान ११ बजेपछि बस्नेछ । यस्तै सार्वजनिक लेखा समितिको बैठक पनि बस्दैछ । बैठक दिउँसो १ बजेपछि सिंह दरबारमा बस्दैछ ।

यसैगरी बिहीबार नै यो वर्षको जगदम्बा श्री र मदन पुरस्कार वितरण गरिँदैछ । योगमायाका लागि निलम कार्की निहारिकाले यो वर्षको मदन पुरस्कार पाउँदै छिन् ।

असोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्