कहाँ गायब भएका थिए कपिल शर्मा ?

आफ्नो हाँस्य कलाबाट अधिकांशको मनमा राज गर्नसफल कमेडियन कपिल शर्मा फेरि आफ्नो कमेडी शो लिएर आउँदै छन् ।

एक समय यस्तो पनि थयो, जब टेलिभिजनमा कपिल शर्माको शो सबैभन्दा धेरै हेरिन्थ्यो र त्यसको टिआरपी माथि हुन्थ्यो ।

तर लोकप्रियतासँगै कपिल शर्माको शो ले विभिन्न समस्याहरुको सामना गर्नु पर्यो । पहिले उनको शो कलर्स टिभीमा प्रशारित हुन्थ्यो तर च्यानलसँग केही समस्या भएपछि शो सोनी च्यानलबाट प्रशारित हुन लाग्यो ।

फेरि गग्थी तथा डा. गुलाटीको भूमिकामा रहेका सुनील ग्रोवर तथा कपिल शर्माको सम्बन्ध चिसियो । यो शो का लागि सबैभन्दा ठूलो नोक्सानी बन्यो । ग्रोवर यो शो का यस्ता पात्र थिए जो कपिल शर्मा भन्दा बढी मनपराइन थालेका थिए ।

कपिलको शो सोनीमा केही महिनामात्रै चल्यो । अब कपिल शर्मा लामो समयपछि फेरि टेलिभिजनमा आउँदै छन् ।

फेरि आउँदैछ, द कपिल शर्मा शो


लामो समयदेखि गायब रहेका कपिललाई टेलिभिजनमा फर्किन हतारो भएको छ । आउँदो महिनादेखि कपिल शर्माको द कपिल शर्मा शो २ सोनी टेलिभिजनमा आउने भएको छ ।

उनले आफू लामो समयसम्म कामबाट पर बस्न नसक्ने बताए । तर अहिले लामो समय गायब हुनुको कारण रक्सी रहेको उनले बताएका छन् ।

उनले भने, ‘म वर्कहोलिक मानिस हो तर रक्सी पनि धेरै पिउन थालेको थिएँ, जुन मेरो गल्ती थियो । तर मानिसलाई गल्ती गरिरहेको छु भन्ने थाहा भयो भने फेरि गर्दैन । मानिसले आफ्नो अन्तिम साससम्म सिक्ने क्रम जारी रहन्छ र मैले पनि सिकिरहेको छु ।’

परिवार तथा आफ्नो जिम्मेवारीको विचार आएपछि सबै लत आफूले छोडेको कपिलले बताएका छन् । उनले भने, ‘पछि धकेल्ने सबै खराब बानीहरु मैले छोडिसकेँ ।’

कपिलको नयाँ चलचित्र सन अफ मनजीत सिंह अक्टोबर १२ देखि आउँदैछ ।

स्रोत : बिबिसी हिन्दी

असोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्