काठमाडौँ – नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबारदेखि स्याङ्जाको वालिङमा नयाँ डिलर सुरु गरेको छ ।

एमएडब्लुले ओशो ट्रेड्स प्रालिमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्) को सुविधा सुरु गरेको हो ।

स्याङ्जा र आसपासको क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत गरी नयाँ डिलरसिप सुरु गरिएको हो । नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि तथा स्याङ्जा नगरपालिकाका उपमेयर कल्पना तिवारीले गरेका थिए ।

ओशो ट्रेडर्सबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्री एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउननुहुनेछ ।

पर्फमेन्स र स्टाइलका कारण युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम सुरु गर्नु गौरवको कुरा भएको ओशो ट्रेड्सका प्रबन्ध निर्देशक रामजी पौडेलले बताए ।

असोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्