ट्रम्पलाई व्यंग्य गरेको गीत युट्युबमा भाइरल

केही दिन अगाडि अमेरिकाका राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले यौन दुर्व्यवहारको विषयमा एउटा अभिव्यक्ति दिएका थिए, ‘युवा केटाहरुको लागि यो त्रासपूर्ण समय हो।’

यो अभिव्यक्तिपछि उनको धेरै आलोचना भयो, ट्रोल बने। यस्तै लिन्जी ल्याब स्माइल नामकी एक युवतिले ट्रम्पको यो अभिव्यक्तिलाई व्यंग्य गर्दै गीत बनाएकी थिइन्, यो अहिले भाइरल भइरहेको छ।

ल्याब टेक्सास स्टेट युनिभर्सिटिमामा नृत्य प्रशिक्षक हुन्। उनले आइतबार युट्युबमा भिडियो राखेकी हुन्। उनले सोमबार आफ्नो ट्वीटरमा पनि युवा केटाहरुलाई गारो छ भनेर पनि यो भिडियो शेयर गरेकी थिइन्। यो भिडियो झण्डै नब्बे लाखले हरिसकेका छन्।

असोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्