स्ट्याच्यू अफ यूनिटी

भारतमा बन्यो विश्वकै सबैभन्दा अग्लो मूर्ति

६ फिटका मानिसको आफ्नो कद भन्दा ठूलो ओठ, आँखा र ज्याकेटको टाँक। सात तलाको भवन जत्रो अग्लो अनुहार। ७० फिटको हात, ८५ फिट भन्दा अग्लो खुट्टा। प्रतिमालाई २ सय २० किमी प्रतिघण्टा रफ्तारमा हिड्ने हावाले पनि केही असर गर्दैन। सबैभन्दा कम समयमा बनेको यो संसारको पहिलो प्रतिमा हो। यसको अनावरण ३१ अक्टोबरमा हुन्छ।

अहमदावाद – बडोदराको नजिकै नर्मदामा सरदार सरोवर गाउँमा सरलार वल्लभभाई पटेलको १ सय ८२ मिटर अग्लो मूर्ति बनाइएको छ। नर्मदाको बाँधमा बनेको यो मूर्ति सात किलोमिटर परबाट देखिन्छ।

मूर्तिमा लगाइएको लिफ्टबाट मानिसहरु सरदारको हृदयसम्म मात्र पुग्न सक्छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले ३१ अक्टोबरमा पटेलको जन्मदिनको अवसर पारेर यो प्रतिमाको अनावरण गर्नेछन्।

यो संसारको सबैभन्दा अग्लो मूर्ति हो। यो भन्दा अगाडि चीनमा १ सय २८ मिटर अग्लो स्प्रिंग बुद्ध र यूयोर्कमा ९० मिटर अग्लो प्रतिमा ‘स्ट्याच्यू अफ लिबर्टि’ बनेका थिए। यी मूर्ति पनि ७ किलो मिटरको दूरीबाट देखिन्थे।

‘स्ट्याच्यू अफ यूनिटि’ भारतका संस्थापक उपप्रधानमन्त्री सरदार वल्लभ भाई पटेलको हो। उनी भारतीय किसानहरुको आत्मा भनेर मानिन्छन्। यो प्रतिमा निर्माणको लागि पाँच वर्ष लाग्यो। चीनमा ४ सय २० फिट अग्लो प्रतिमा बन्न ९० वर्ष लागेको थियो।

इन्जिनियरका अनुसार यो प्रतिमा निर्माण भूकम्प प्रतिरोधि तरिकाले गरिएको छ। यसलाई ६ दशमलव ५ म्याग्निच्यूटको भूकम्पले असर पार्दैन।

यो प्रतिमा शिल्पकार पद्मश्री राम सुधार र उनका छोरा अनिल सुधारले बनाएका हुन्।

दैनिक भास्कर

अशोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू