विखन्डनकारी र स्थिरता विरोधीसँग लड्न आर्मी तयार, प्रधानसेनापति भन्छन्– निर्देशनको पर्खाईमा छौँ

काठमाडौँ– नेपाली सेनाले विखन्डनकारी र स्थिरत विरोधी गतिविधिको सुक्ष्म अध्ययन गरिरहेको भन्दै जतिबेला पनि लड्न तयार रहेको प्रधानसेनापति पूर्णचन्द्र थापाले बताएका छन्।

संविधानले दिएको अधिकारभन्दा बाहिर जान नसक्ने प्रतिवद्धता ब्यक्त गर्दै उनले नेपाली आफ्नो भूमिका र जिम्मेवारीमा स्पष्ट रहेको बताए।

‘यो विषय राजनीतिकरुपमा समाधान होस् भन्ने हामी चाहन्छौँ। तर राज्यसँग अरु पनि विकल्प हुन्छन्। सेनाले आफूले गर्नुपर्ने काममा तयार छ। सरकारले हाम्रो आवश्यकता महसुस गरेमा सदैव तयारी अवस्थामा छौँ’, आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले भने।

दसैँको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्न भन्दा सन्चार माध्यमका सम्पादक र सम्बाददातालाई बोलाईएको यस कार्यक्रममा प्रधानसेनापति आफै उपस्थित भएर करिब एक घन्टा नेपाली सेनासँग पछिल्लो समय जो्डिएका विवादहरुलाई स्पष्ट पार्ने प्रयाश गरेका थिए।

अशोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्