नेपाल चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको पशुपति आर्यघाटमा अन्त्येष्टी

काठमाडौँ – नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको अन्तिम संस्कार गरिएको छ। बोगटीको बिहीबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो।

बोगटीलाई श्रद्धाञ्जलिका लागि पशुपति आर्यघाटमा राखिएको थियो।

उनलाई श्रद्धाञ्जलि दिनका लागि तुलसी घिमिरे, शोभित बस्नेत, रमेश उप्रेती लगायत धेरै कलाकार उपस्थित भएका थिए।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको असोज २३ गते निधन भएको छ।

टिकाथलीको घर नजिकै रुख काटेको हेर्न गएका बोगटीलाई रुखसँगै ढलेको पोलले लागेको थियो।

पोलले लागेर घाइते भएका बोगटीलाई उपचारको लागि अस्पताल ल्याउदै गर्दा बाटैमा मृत्यु भएको थियो।

अशोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू