जनताको आक्रोश

बिहारका मुख्यमन्त्रीलाई लक्षित गरी चप्पल प्रहार

नीतीश कुमार।

पटना – बिहारका मुख्यमन्त्री नीतीश कुमारमाथि बुधबार पटनामा आयोजित एक कार्यक्रममा चप्पल प्रहार भएको छ। युवा जनता दल (यू)ले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्रीलाई लक्षित गरी चप्पल प्रहार भएको हो।

कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री नीतीश कुमारमाथि एक व्यक्तिले चप्पल प्रहार गरेपनि उनी डायसमा रहेकाले उनलाई लागेन।

पटना पुलिसले चन्दन तिवारी नामका ती युवकलाई गिरफ्तार गरेको छ। तिवारी बिहारको औरंगावादका रहेको प्रहरीलाई उदृधित गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

अशोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्