नेपाल पुलिस र थ्रीस्टारको विजयी सुरुवात

काठमाडौँ-शहिद स्मारक ए डिभिजन लिग फुटबलमा  पुर्व विजेता थ्री स्टार र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन्।

सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा बिहीबार भएको खेलमा थ्री स्टारले फ्रेन्ड्स क्लबलाई २-१ गोलले हरायो। थ्रीस्टारको जितमा बुद्ध चेम्जोङ र रन्जन विष्टले एक एक गोल गरे।

अर्को खेलमा पुलिसले जावलाखेल क्लबलाई १-० गोलले हरायो। पुलिसको जितमा अजित भन्डारीले ३१ औँ मिनेटमा निर्णायक गोल गरे।

 

अशोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्