विराटनगर जुट मिल्स विवाद

अध्यक्ष वनले गरेका निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

विराटनगर जुट मिल्स।

विराटनगर – मोरङको विराटनगरमा अवस्थित मुलुककै पुरानो तथा ऐतिहासिक विराटनगर जुट मिल्स पदाधिकारी तथा श्रमिकका कारण पटक पटक विवादको घेरामा पर्दै आएको छ।

यद्यपि यसपटक अध्यक्ष बसन्त वनको विषयलाई लिएर उच्च अदालतले वनको कार्यलाई आधिकारीक नमान्न आदेश दिएको छ।

अदालतका न्यायाधीश उमेशराज पौडेलको एकल इजलासले अध्यक्ष वनले गरेका कुनैपनि निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

अध्यक्ष वनले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशसहितको परमादेश लगायत आवश्यक र उपर्युक्त आदेश जारी गरिपाउँ भन्दै रिट निवेदन उपर उच्च अदालतले यस्तो आदेश दिएको हो।

अदालतको आदेशमा विपक्षीका रुपमा रहेका अध्यक्ष वनको नाममा गरिएको निर्णय, वनद्वारा प्रेषित पत्र वा निवेदनलाई ग्रहण गरी कुनैकाम कारबाही, निर्णय नगर्नु, नगराउनु भनि विपक्षी कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा समेत उच्च अदालत नियमावली २०७३ को नियम ४२ अनुसार हाललाई दुई पक्षीय सुनुवाई भई अन्तरिम आदेश जारी हुनुपर्ने हो? होइन? भन्दै निर्णय नहुँदासम्मकोलागि अन्तरिम आदेश उल्लेख गरिएको छ।

साथै उच्च अदालतले पूर्ण फैसलाका लागि कात्तिक १२ गते अन्तरिम आदेशको सम्बन्धमा छलफलका लागि अध्यक्ष वनलाई छलफलका लागि अदालतमा उपस्थित गराउन आदेश पनि दिएको छ।

अशोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्