पूर्वमिस नेपाल निकिता चण्डक जनकपुर आउँदै

जनकपुरधाम- मिस नेपाल २०१७ निकिता चण्डक पहिलो पटक जनकपुर आउने भएकी छन्। युवाहरुलाई लक्षित गरी हुन लागेको संगम युवा त्योहार कार्यक्रममा सहभागी हुन उनी जनकपुर आउन लागेकको जनाईएको छ।

इलेन इभेन्ट मैनेजमेन्टको आयोजनमा कृषि, विज्ञान तथा कला प्रदर्शनीमा आधारित हुन लागेको उक्त कार्यक्रमा सरिक हुन चण्डक शुक्रबार जनकपुर आउँदै छिन्।

अगामी असोज २७ गते हुने संगम युवा त्योहार कार्यक्रममा प्रदेश-२ का कृषि मन्त्री शैलेन्द्र साह सहित जनकपुरका स्थानीय मोडेलहरु समेत सहभागी हुने बताइएको छ ।

तराई उर्वर भूमि भए पनि कृषि क्षेत्रमा उन्नती गर्न नसकेको भन्दै कृषि क्रान्तिका लागि उक्त कार्यक्रमा नयाँ अवधारणा प्रस्तुत गर्न लागेको आयोजक संस्थाकी संयोजक रिती कर्णले जनाएकी छन्।

आफ्नौ देशमा रोजगारीका अवसर सृजनागर्न जापान, न्युजिल्याण्ड र भारतको केरला राज्यमा भइरहेको वैज्ञानिक खेतीबारे अध्ययन गरी सोही तवरबाट तराईमा पनि खेतीगर्न सक्ने खाका उक्त कार्यक्रममा प्रस्तुत गर्ने संयोजक कर्णको भनाई छ।

‘पाठ्यक्रममा अनिवार्य कृषि विषय समावेश गरि विद्यार्थीलाई पढाए उनीहरुलाई कृषिबारे पर्याप्त ज्ञान हुन सक्छ।’ कक्षा ७ देखि नै विद्यार्थीलाई २ घण्टा खेतमा काम गराए उनीहरु १० या १२ कक्षासम्म मात्र पढेपनि देशमै स्वराजगार हुन सक्ने संयोजक कर्णको भनाई छ।

जनकपुरको भैरवचोक स्थित मसाला कटेजमा दिनको २ बजेदेखि साँझ ७ बजेसम्म उक्त कार्यक्रममा फ्याशन शो, मिथिला पेन्टिङ, माटो कला, नाचगान, कला तथा विज्ञान प्रदर्शनी समेत हुने आयोजक संस्था इलेन इभेन्ट मैनेजमेन्टले जनाएको छ।

असोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्