सन्दीपले लिए दोस्रो विकेट, सिंगापुर दबाबमा

नेपाली क्रिकेट टोली। तस्बिर: देशसञ्चार

काठमाडौँ- टीट्वेन्टी विश्वकपको एसियाली छनोटअन्तर्गत पुर्व क्षेत्रको प्रतियोगितामा नेपाल अहिले सिंगापुरसँग खेल्दै छ। यो खेलको विजेताले प्रतियोगिताको उपाधि पनि जित्ने छ।

पहिला ब्याटिङ गरेको सिंगापुरले १३ ओभरमा ५ विकेट गुमाएर ६६  रन जोडेको छ। सोमपाल कामी र  सन्दीप लामिछाने दुई दुई र बसन्त रेग्मीले एक विकेट हात पारे।

३२ रन जोड्दा तीन विकेट गुमाएको सिंगापुरले चौथो विकेटका लागि २८ रनको साझेदारी गर्‍यो। चौथो विकेटका रुपमा बसन्तले ओपनर सुरेन्द्रन चन्द्रमोहनलाई व्यक्तिगत २५ रनमा आउट गरे। पाँचौँ विकेट भर्खरै सन्दीपले लिएका हुन्।

जारी प्रतियोगितामा सन्दीपले लिएको विकेट संख्या २२ पुगेको छट।  प्रतियोगितामा दुवै टोलीले अघिल्ला सबै पाँच खेल जितेको थियो।

असोज २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्