हिमालयन शेर्पा र एपीएफबीच बराबरी

काठमाडौँ- शहिद स्मारक ए डिभिज लिग फुटबलअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा हिमालयन शेर्पाले सशस्त्र प्रहरी बल-एपीएफसँग गोलरहित बराबरी खेलेको छ।

सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन्। लिगको नयाँ सिजनमा दुवै क्लबको यो पहिलो खेल थियो। प्रतियोगितामा ६ खेल सम्पन्न हुँदासम्म तीनवटामा बराबरीको नतिजा निस्किएको छ।

शुक्रबारको दोस्रो खेलमा मनाङ मर्स्याङ्दीले ब्रिगेड ब्वाइजसँग‍ खेलिरहेको छ। पहिलो हाफको समाप्तीमा ब्रिगेड ब्वाइज १-० गोलले अगाडि छ। ब्रिगेड ब्वाइजका रजत तिवारीले २८ औँ मिनेटमा गोल गरेका हुन्।

अशोज २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्