
फाइल फोटो
काठमाडौँ – मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई ३–१ गोलले हराएको हो।
मनाङको जीतमा अफिज ओलावाले २ र हेमन गुरुङले गोल गरे। खेलमा सुरुवाती अग्रता ब्रिगेड ब्वाइजले लिएको थियो। ब्रिगेड ब्वाइजका रजत तिवारीले २८औँ मिनेटमा गोल गरेका थिए।
मनाङले दोस्रो हाफको सुरुवातमै खेल बराबरीमा ल्यायो। हेमनले ४७औँ मिनेटमा गोल गरेका थिए। अफिजले ५७औँ मिनेटमा अग्रता दिलाए। इन्जुरी समयमा अफिजले गोल थपे।
त्यसअघि शुक्रबार भएको पहिलो खेलमा हिमालयन शेर्पाले सशस्त्र प्रहरी बल(एपीएफसँग गोलरहित बराबरी खेल्यो।
प्रतियोगितामा ७ खेल सम्पन्न हुँदासम्म तीनवटामा बराबरीको नतिजा निस्किएको छ। थ्रीस्टार, संकटा र नेपाल पुलिसले मात्र यसअघि जीत हात पारेका छन्।