६० किलो गाँजा र २० किलो चरेससहित दुई जना पक्राउ

पर्सा – पर्साको पटेर्वा सुगौली गाउँपालिककामा ६० किलो गाँजा र २० किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

मकवानपुरबाट पर्सा भित्र्याउन लागेको बेला मकवानपुर मनहरी गाउँपालिका–४ बस्ने वीरबहादुर मोक्तान र पलासे गाउँपालिका–३ बस्ने सूर्यबहादुर स्याङ्तानलाई पक्राउ गरिएको छ।

उनीहरुले मकवापुरबाट उक्त गाँजा र चरेस पर्सा छिराउँदै गर्दा चेकचाँचको क्रममा पक्राउ परेको जनाइएको छ। मोक्तान र स्याङ्तानलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ।

असोज २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्