विश्वकप सेमिफाइनलका प्रतिस्पर्धी टिम फेरि भेटिए, तर गोल भएन

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले आयोजना गरेको नयाँ प्रतिस्पर्धा युइएफए नेशन्स लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा विश्वकपको फाइनलिस्ट क्रोएसिया र इंग्ल्याण्ड बराबरीमा रोकिएका छन् ।

अवे मैदानमा भएको खेलमा ग्यारेथ साउथगेटको टिम इंग्ल्याण्ड क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको हो । समूह ए फोर अन्तर्गतको खेलमा तीन महिनाअघि रुसमा भएको विश्वकप फुटबलको सेमिफाइनल भेटिएका क्रोएसिया र इंग्ल्याण्ड फेरि आमनेसामने भएका हुन् ।

यो खेलमा इंग्ल्याण्डले विश्वकपको सेमिफाइनलमा बेहोरेको हारको बदला लिने मौका थियो । खेलमा राम्रो प्रदर्शन र अवसर पनि सिर्जना गरेको थियो तर गोल गर्न नसक्दा जित निकाल्न सकेन ।

असोज २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्