चार जना पत्रकारहरुलाई सम्‍मानित गरिने

थारु पत्रकार संघ नेपालको सातौं‍ राष्ट्रिय भेला दाङको घोराहीमा सुरु

दाङको घोराहीमा शनिबारबाट सुरु भएको थारु पत्रकार संघ नेपालको सातौं राष्ट्रिय भेला। दुई दिनसम्‍म चल्‍ने भेलाको उद्‌घाटन प्रदेश नम्बर ५का मुख्‍यमन्त्री शंकर पोखरेल गर्नेछन्। तस्बिर- देश सञ्‍चार

काठमाडौ-थारु पत्रकार संघ नेपालको ७औ राष्ट्रिय भेला दाङको घोराहीमा सुरु भएको छ।

थारु समुदायको मुद्दा उठान, थारु पत्रकार संघको अभियान, सबै मिलिजुली बचाऔ हाम्रो पहिचान’ भन्‍ने उद्देश्‍यका साथ सुरु भएको हो।

कार्यक्रम उद्‌घाटन ढिला सुरु हुने भएकाले थारु पत्रकार संघको बन्दसत्र सुरु भएको छ।

बन्दसत्रमा थापसका केन्द्रीय महासचिव किशोर चौधरीले प्रतिवेदन प्रस्तुत गरेका छन्।

प्रतिवेदनमा थारु पत्रका संघले वर्षमा भरिमा आयोजना गरिएका कार्यक्रम, प्रगति विवरण र जिल्लाको सांगठनिक कार्यप्रगति विवरण पेश गरेका छन् भने कोषाध्‍यक्ष प्रतिमा चौधरी आर्थिक विवरण पेश गरेकी थिइन्।

बन्दसत्रपछि थारु पत्रकार संघ नेपालको सातौ राष्ट्रिय भेलाको उद्‌घाटन प्रदेश नम्बर-५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको छ।

यसका साथै कार्यक्रममा थारु मातृभाषाको राष्ट्रिय सम्‍मेलन समेत आयोजना गरिने थारु पत्रकार संघ दाङ, प्रदेश न.-५ एवं राष्ट्रिय भेलाका संयोजक सन्तोष दहितले जानकारी दिए।

थारु पत्रकार संघले देशभरमा १७ वटा शाखाहरु गठन गरिसकेको छ।

चार जना पत्रकारहरु विभिन्‍न पुरस्कारबाट सम्‍मानति 


थारु पत्रकार संघ, नेपालले यस वर्षबाट चार जना थारु पत्रकारहरुलाई विभिन्‍न विधामा पत्रकारिता पुरस्कारको घोषणा गरेको छ। केन्द्रीय महासचिव किशोर चौधरी ले प्रतिवेदन प्रस्तुत गर्दै पुरस्कार र पाउने पत्रकारहरुको नाम उल्लेख गरेका थिए।

उनका अुसार यसवर्ष जोखन-जगत रतगैया पुरस्कारबाट थारु पत्रकार संघ दाङका कार्यबाहक अध्‍यक्ष अन्जना चौधरीलाई प्रदान गरिने भएको छ। यस्तै  यसवर्षदेखि ओएसिस पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार कृष्णराज सर्वहारी प्रदान गरिने भएको छ।

त्‍यसैगरी सतौन ट्रष्ट पत्रकारिता पुरस्कारबाट थारु पत्रकार संघ, चितवनका अध्‍यक्ष कारी महतोलाई प्रदान गरिएको छ भने सुष्मा चौधरी महिला पत्रकारिता पुरस्कारबाट जनता टेलिभिजनमा कार्यरत समाचार वाचिका प्रतिमा चौधरीलाई प्रदान गरिने भएको छ।

यस वर्षको उत्कृष्ट  जिल्ला शाखा पुरस्कार भने थारु पत्रकार संघ, रुपन्देही शाखालाई प्रदान गरिएको छ।

असोज २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्