चार जना थारु पत्रकारहरु सम्मानित

थारु समुदायको सहभागिता बिना देश र प्रदेशको समृद्धि अधुरो- मुख्‍यमन्त्री पोखरेल

थारु पत्रकार संघ नेपालको सातौं‍ राष्ट्रिय भेलामा बोल्‍दै प्रदेश नम्बर-५का मुख्‍यमन्त्री शंकर पोखरेल। तस्बिर- बुनु थारु

घोराही(दाङ) -प्रदेश नम्बर-५का मुख्‍यमन्त्री शंकर पोखरेलले प्रदेश- ५को समृद्धि थारु समुदायको सहभागिताबिना अधुरो हुन बताएका छन्। थारु पत्रकार संघ नेपालले दाङ घोराहीमा आयोजना गरेको राष्ट्रिय भेला भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले थारु समुदायको इतिहासलाई कोट्‍याउँदै थारु समुदाय बुद्ध सम्प्रदायको एउटा अंश भएको बताए। उनले भने, ‘थारु लेखक महेश चौधरीले आफ्नो पुस्तकमा थारु समुदाय बुद्धिजम परम्पराबाट आएको भनेर लेख्‍नु भएको छ भने पूर्वमहान्‍याधिवक्ता रमानन्दप्रसाद सिंहले थारु बुद्धका सन्तान हुन् भन्‍ने ऐतिहासिक पुस्तकबाट लेखिसक्‍नु भएको छ।’

उनले थारु जाति नेपालको मूलवासी हुन भन्‍ने कुरा उनीहरुले पचाएको औलोबाटै प्रमाणित गरिदिएकाले उनीहरु नेपालको तराईको आदिवासी मूल बासी भएको दावी गरे। उनले भने ‘थारुहरु तराईमा औलो रोग पचाउने जाति मूलबासी हुन।उसको प्रकृतिसँग धेरै पुरानो सम्बन्ध छ भन्‍ने बताउनै पर्दैन। ‘

उनले थारुहरु भाषिक र सांस्कृतिक रुपमा समृद्ध रहेको बताउँदै अब आर्थिक रुपमा पनि समृद्धि ल्‍याउनु पर्नेमा जोड दिए। उनले अब पत्रकारितामा थारु भाषालाई प्रवर्द्धन र सम्बर्द्धन गर्नु पर्नेमा जोड दिए। उनले भने, ‘थारु भाषा अब स्थानीय एफएम रेडियोहरुले बुझ्‍न थालेका छन्। अब थारु भाषा स्थानीयकरण हुँदै नेटवर्किङको माध्‍यमबाट राष्ट्रिय प्रसारणको माध्‍यमको रुपमा विकास गर्नुपर्छ।’

उनले अब सञ्‍चार माध्‍यमलाई स्थानीयकरण गर्दै भाषिक जागरण गर्नु पर्नेमा जोड दिए।उनले भाषालाई जीवन्त गराउन शब्द पैचो/लिन सक्‍नु पर्ने बताए। उनले भने, ‘ भाषालाई प्रभावकारी र अभिव्‍यक्तिको माध्‍यम बनाउन शब्दहरु पैचौ र उदारवादी हुनुपर्छ।थारु भाषाका शिल्पीहरु जङ्गिनु आवश्‍यक छ।भाषा त्‍यसै जीवन्त हुन्छ। भाषालाई जीवन्त राख्‍ने नै समुदाय।’

भाषा आयोगको प्रतिवेदनले दिएको रिपोर्ट पश्चात मात्रै प्रदेशमा भाषिक कार्यान्वयन गरेर लैजाने उनले बताए। थारु समुदायको प्राकृतिक बस्तीको अध्‍ययन गरेर पर्यटकीय गन्तव्‍यको विषयमा छलफल गरिरहरहेको बताए। उनले भने, ‘थारु समुदायले अब पर्यटकीय डबलीको रुपमा विकास गरेका छौ। त्‍यो ठाकूरद्वारा बर्दियामा गरेका छौ।’

दाङ जिल्लाकै आधारमा पार्क आधारमा संस्कृतिक प्रवर्द्धन गर्ने सोचको विकास गरेको मुख्‍यमन्त्रीको भनाई थियो। उनले राजनीतिक रुपमा संघीयता कार्यान्वयनमा गए पनि प्रशासनिक र वित्तीय रुपमा यसले कार्यान्वयनमा पूर्णता नपाइरहेको बताए। उनले भने, ‘संघीयता जारी भएपछि मुलुकमा परिवर्तन राजनीतिक रुपमा भयो। तर वित्तीय रुपमा र प्रशासनिक रुपमा अझै कमजोर छ।’

उनले भने, ‘समृद्ध प्रदेश खुसी जनता हो। प्रदेश धनी बनाउनलाई जनतालाई धनी बनाउनु पर्छ।’ उनले अब विकासको मोडेल ल्‍याउन जनतालाई सहभागी गराएर खुसी बनाउनु एक मात्र भएको बताए।

उनले स्थानीय निकायमा ६ प्रतिशतको जिडीपीले वृद्धि भए पनि कलमले भने अझै पुरानै ढाचामा समाचार सम्प्रेषणले गलत सूचना प्रवाह गरिरहेको गुनासो गरे। उनले भने, ‘ संघीयता आउनुअघि मुलुकको जीडिपी ३ प्रतिशत हुँदा समृद्धि तर संघीयताको आएको २ वर्षमा ६ प्रतिशत पग्दा कसरी देश विगार्‍यो?’

उनले संघीयतालाई विरोध गर्न कलमहरुलाई समेत प्रभाव एउटा शक्तिले चलखेल गरिरहेको आरोप लगाए। उनले भने, ‘समाजको उत्थान संघीयता हो भन्‍दा पनि कलमहरु यसको विरोधमा उत्रिनुले कही प्रभावमा त परेको छैन।’

यस्तै कार्यक्रममा थारु कल्‍याणकारिणी सभा दाङका अध्‍यक्ष भुवन चौधरीले सम्पूर्ण जाति, तह र तप्काका थारुहरुको समृद्धिलाई राज्‍यले सम्बोधन गर्नु पर्ने माग गरे। उनले भने, ‘ नेपालको समृद्धिमा थारुहरुको लगानी हुनुपर्छ।थारुहरु पिछडिएका छन्, पछाडि पछाडि पारिएका छन्। उनीहरुको इतिहास र पहिचानलाई राज्‍यले वर्षौदेखि शोषण, दमन र उत्पीडनमा राखियो। अब थारु पत्रकार संघले थारुहरुको इतिहास, राज्‍यको कमजोरीलाई नजिकबाट नियालेर लेख्‍नुपर्छ।’

उनले आन्दोलन गर्ने अधिकार, पहिचान माग्‍नेलाई जेलमा हाल्‍ने राज्‍यको प्रशासनले किन नबुझ्‍ने उनको माग गरे। उनले भने, ‘नेपालको विकास र समृद्धिमा हिस्सा भाग लिइरहेको छ। मेची महाकाली राजमार्ग ( महेन्द्र राजमार्ग)मा लगानी गर्दा थारुहरुको ठूलो रगत पसिना बगाएको थारुहरुलाई राज्‍यले किन सम्बोधन गर्दैनन्।’

चार जना थारु पत्रकारहरु सम्मानित


थारु पत्रकार संघ, नेपालले यस वर्षबाट चार जना थारु पत्रकारहरु सम्‍मानित भएका छन्। यसवर्ष जोखन-जगत रतगैया पुरस्कारबाट थारु पत्रकार संघ दाङका कार्यबाहक अध्‍यक्ष अन्जना चौधरीलाई प्रदान गरिएको छ। यस्तै यसवर्षदेखि ओएसिस पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार कृष्णराज सर्वहारी प्रदान गरिएको छ।

त्‍यसैगरी सतौन ट्रष्ट पत्रकारिता पुरस्कारबाट थारु पत्रकार संघ, चितवनका अध्‍यक्ष कारी महतोलाई प्रदान गरिएको छ भने सुष्मा चौधरी महिला पत्रकारिता पुरस्कारबाट जनता टेलिभिजनमा कार्यरत समाचार वाचिका प्रतिमा चौधरीलाई प्रदान गरिएको छ।यस वर्षको उत्कृष्ट जिल्ला शाखा पुरस्कार भने थारु पत्रकार संघ, रुपन्देही शाखालाई प्रदान गरिएको छ। देशभरका १७ वटा शाखाहरु उपस्थित थारु पत्रकार संघको भेलाले दाङ घोषणा पत्र जारी गरिने केन्द्रीय अध्‍यक्ष मदन चौधरीले जानकारी दिए।

असोज २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्