धनुषामा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

सांकेतिक तस्बिर ।

जनकपुरधाम – धनुषामा एक ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । औरही गाउँपालिकाको देवरीपरबाह भन्ने ठाउँमा ६ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको हो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको जनाएको छ । शुक्रबारराति घरमै सुतेकी बालिका हराएकी थिइन् । उनको शनिबार बिहान गाउँकै क्रिकेट मैदानमा शव भेटिएको थियो ।

उनको बलात्कारपछि हत्या भएको र घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दिपेन्द्र शाहीले जानकारी दिए ।

‘बालिकाको बलात्कारपछि हत्या भएको छ, हामीले घटनामा संलग्न दुईजनालाई पक्राउ गरीसकेका छौँ,अनुसन्धान हुँदैछ, थप कुरा पछि खुल्छ,’ डिएसपी शाहीले भने ।

बालिकाको शव स्वास्थ्य परिक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

 

असोज २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्