बज्यो गलत राष्ट्रिय गान, जित्यो देशको इतिहासमै पहिलो खेल

जिब्रालटारले आफ्नो फुटबल इतिहासमा पहिलो प्रतिस्पर्धात्मक खेलमा जित निकालेको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको नयाँ प्रतिस्पर्धा नेशन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा जिब्रालटारले अर्मेनियालाई १–० ले हराएको हो ।
अवे मैदानमा भएको खेलमा जिब्रालटारलाई ऐतिहासिक जित दिलाउनेका लागि ५० औँ मिनेटमा जोसेफ जिपोलिनाले पेनाल्टी मार्फत गरेको गोल निर्णायक बन्यो । जिब्रालटारले सन् २०१३ मा युइएफएको सदस्यता पाएको हो ।
उसले २३ प्रतिस्पर्धात्मक खेलमा पहिलो जित निकालेको हो । कुनै पनि प्रतिस्पर्धामा जिब्रालटारले पाएको यो पहिलो अंक हो । उसले सन् २०१६ को युरोकप छनौट र सन् २०१८ को विश्वकप छनौटका सबै खेलमा हार बेहोरेको थियो । यसअघि उसले मैत्रीपूर्ण खेलमा माल्टा र लात्भियालाई हराएको थियो ।
Clean sheet ✅
3 points ✅
First ever points ✅That winning feeling ⚽️🇬🇮!! pic.twitter.com/yqF5e0DYLL
— Gibraltar FA (@GibraltarFA) October 13, 2018
बज्यो गलत राष्ट्रिय गान
यो खेलमा घरेलु देश अर्मेनियाको राष्ट्रिय गान सही बजेको थियो । तर जिब्रालटारको राष्ट्रिगान भनेर अर्कै बजाइयो । जिब्रालटारको राष्ट्रिय गान बजाउनु पर्नेमा गल्तीले लिचेस्टाइनको राष्ट्रिय गान बजाइएको थियो ।
अर्मेनियाले यो गल्तीका लागि जिब्रालटारसँग माफी मागेको छ । अर्मेनियाको फुटबल एसोसिएसनले गल्तीका लागि माफी मागेको जिब्रालटारको फुटबल एसोसिएसनले जनाएको हो ।