‘राष्ट्रसेवक’को रजगज

प्रहरी चौकीमै घुसखोरी, दुई जना पक्राउ

सुशोभन श्रेष्ठ, अख्तियारको पत्र।

सुर्खेत – प्रहरी चौकीमा नै घुस मागेको पाइएको छ। जनताको सुरक्षामा खटिएका प्रहरीले चौकीबाटै घुस मागेर भाग्दै गरेको अवस्थामा आइतबार सर्खेतमा दुई जना प्रहरी पक्राउ परेका हुन्।

पञ्चपुरी नगरपालिका–२ सालकोटमा रहेको अस्थायी प्रहरी पोष्टबाट १५ हजार घुस रकम मागेर भाग्दै गरेको अवस्थामा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले इलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेलाई पक्राउ गरेको हो।

सुनचाँदी पसल चोरी भएको र पक्राउ गर्नमा सहजीकरण गरिदिएवापत उनीहरुले घुस रकम मागेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका निमित्त प्रमुख जंगबहादुर डाँगीका अनुसार पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

असोज २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्