यौन हिंसाको आरोप लागेका भारती मन्त्री अकबर-झुटो आरोप लगाउनेलाई कानुनी कारवाही गर्नेछु

विभिन्न महिलाले यौन हिंसाको आरोप लगाएको बारे पहिलोपटक औपचारिक रुपमा बोल्दै भारतीय विदेश राज्य मन्त्री एमजे अबकरले आफ्नो बचाउ गरेका छन् ।

विदेश राज्य मन्त्री अकबरले आइतबार बयान जारी गर्दै आफूमाथि लगाइएका आरोप झुट रहेको र राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरेका हुन् ।

उनले आफूमाथि यौन हिंसाको आरोप लगाउने महिलाहरु विरुद्ध कानुनी कारवाहीको बाटो अपनाउने अबकरले उल्लेख गरेका छन् ।

आफू देशभन्दा बाहिर रहेकाले आरोपका बारेमा ढिलो गरी प्रतिक्रिया दिएको पनि उनले बताएका छन् । अकबरले बिना कुनै प्रमाण आरोप लगाउने क्रम अहिले केही समूहमा सामान्य बन्दै गएको पनि दाबी गरेका छन् ।

उनले आफूमाथि लागेको आरोपलाई राजनीतिक रंग पनि दिएका छन् । उनले भनेका छन्, ‘आमा चुनाव अघि यस्ता आरोपको आँधी किन आइरहेको छ ? यसको पछाडि कुनै एजेण्डा त छैन ? आरोप झुट र आधारहिन हो, यसले मेरो प्रतिष्ठामा असर परेको छ ।’

अकबरले झुटमा अघि बढ्न नसक्ने भए पनि त्यसमा विष भने हुने भएकाले उन्माद पैदा गर्ने र यो चिन्ताको विषय रहेको बताए ।

सुरुमा पत्रकार प्रिया रमानीले लेख मार्फत यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । त्यसपछि अरु महिलाहरुले पनि यौन हिंसाको अरोप लगाएका थिए । भारतमा अहिले मि टू अभियान अन्तर्गत महिलाहरुले यौन हिंसाका बारेमा बोल्न थालेका छन् ।

असोज २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्