टर्कीः लरी नहरमा खस्यो, २२ जनाको मृत्यु

टर्कीमा आप्रवासी चढेको लरी दुर्घटना हुँदा कम्तिमा २२ जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बालबालिका पनि रहेका छन् ।

टर्कीको पश्चिमी प्रान्त इजमिरमा बाटो छेउको बारमा ठोक्किएर नहरमा खसेको हो । २० मिटर तल खसेकाले दुर्घटना भयानक बनेको हो ।

ज्यान गुमाउने कुन देशका नागरिक हुन् भन्ने अहिलेसम्म खुलेको छैन । यसअघि ग्रिसमा एक कारमा आगो लाग्दा ११ जना आप्रवासीको ज्यान गएको थियो ।

आप्रवासीहरु लरीमा चढेर तटीय क्षेत्रमा जाँदै थिए । उनीहरु त्यहाँबाट डुंगा चढेर सामोस द्विप जाने तयारीमा थिए । दुर्घटनामा १३ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

असोज २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्