फाइल तस्बिर

दाङ–राप्ती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको तीन दिनपछि दाङमा एकजनाको शव फेला परेको छ ।

लमही नगरपालिका वडा नम्बर ३ बनगाउँ निवासी २२ वर्षका वामदेव घिमिरेको शव राजपुर गाउँपालिका वडा नम्बर २ राप्ती नदी किनारमा शव फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए ।

लमही–६ मध्यनगर घाटमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । शव साढे दुई किलोमिटर तल बगाएर लगेको थियो । नुहाउने क्रममा डुबेका घिमिरेको शव फेला नपरेपछि काठमाडौँबाट गोताखोर मगाइएको थियो ।

दाउन्ने नजिक पुगेका गोताखोर शव भेटिएपछि फर्काइएको प्रदेश सांसद रेवतिरमण शर्माले जानकारी दिए ।

असोज २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्