स्वास्थ्य र जीवनशैली

तपाईँको बच्चामा बाथको समस्या छ? यस्तो छ जोगिने उपाय

काठमाडौँ – जोर्नी दुख्ने, सुन्निने समस्यालाई बाथ रोग भन्ने गरिन्छ । बाथ जुन सुकै अवस्थामा जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्छ । पछिल्लो समयमा बालबालिकामा पनि बाथको समस्या देखिन थालेको छ ।

बाथ रोगबारे सिभिल अस्पतालका डा. रमेश पन्तले भन्छन ‘शरीरमा अम्लीय तत्व बढेर रगतलाई दूषित पार्ने र सोही दूषित रगत युरिक या रुसिड एसिडका रुपमा हात खुट्टा र जोर्निहरुमा प्रवेश गर्दछ । त्यस स्थितिमा जोर्नी सुनिने र दुख्ने गर्दछ । जसका कारण ज्वरो आउने पनि गर्छ।’

डा. पन्तका अनुसार यो रोग लाग्नुमा लामो समयदेखिको गलत खानपान, चिसोचिल्लो खानेकुरा, रातोमासु, गेडागुडी र मसलादार खानाको अत्याधिक प्रयोग बढी जिम्मेवार हुन्छ । यसका साथै लामो समयदेखि कब्जियत हुने व्यक्तिमा पनि यो रोगको लक्षण देखा पर्ने गरेको र वंशाणु गुणका कारणले पनि हुने उनको भनाई छ ।

विशेष गरी खानपानमा ध्यान नदिँदा र जङ्कफुडको बढ्दो प्रयोगका कारण पनि बालबालिकामा बाथ देखिन थालेको हो ।

अहिले बच्चाहरु जङ्कफुडमा बढी आकर्षित भएको कारणले सानै उमेरमा हाडजोर्नीको समस्या देखिन थालेको छ । जङ्कफुड, प्याकिङ्ग खानाहरुमा हुने रङ तथा केमिकलका कारण बालबालिकामा यसको असर छिटो हुने गर्छ ।

डा. पन्तका भन्छन् ‘चाडपार्वको बेलामा विशेषगरी स्कूल छुट्टी हुने, घुमफिर बढी हुने बेलामा प्याकेटिङ खाना, बजार तथा रेष्टुरेन्टका दूषित खानाका कारण पनि बालबालिकामा बाथको जोखिममा रहन्छन् । त्यसतै कोल्डड्रिङ्ग, अल्कोहलको सेवनका कारण पनि हाडजोर्नी दुख्ने हुन्छ ।

नेपालमा युरिक एसिडबाट हुने, हाडजोर्नी सुन्निने, दुख्ने, हड्डी खिइने र मेरुदण्डको हड्डी दुख्ने खालका बाथका समस्या बढी देखिन्छ । नेपालमा बालबालिकालाई पनि अत्याधिक मात्रामा बाथ रोगको समस्या देखिएको चिकित्कको भनाई छ ।

डा. पन्तका अनुसार बाथ रोग खास गरी दुखाईबाट सुरु हुन्छ । हाडजोर्नी दुख्ने, सुन्निने, कक्रक्क पर्ने, बिहान उठ्दा हिँड्न समस्या हुने, हात मुठ्ठी पार्न समस्या हुने, घुँडा, कुहिनोजस्ता जोर्नी दुख्ने, ज्वरो आउने, मेरुदण्डको हड्डी सुन्निने र दुख्ने गर्छ । त्यसैगरी छातीका करङ्ग दुख्ने र पिसाब पोल्ने पनि हुन सक्छ । बाथ भएमा गर्भवतीको गर्भ खेर जाने हुन सक्छ । दुखाई दोहोरिएर हुने जस्ता लक्षण जुनसुकै बाथ भएमा पनि देखिन सक्ने साझा लक्षण हुन् ।

यस्ता समस्या देखिएपछि बाथ रोगका चिकित्सकलाई देखाउनुपर्छ । रगतको र अन्य विशेष जाँच गरेपछि मात्र कुन प्रकारको बाथ हो र कस्तो औषधि चलाउने भन्ने स्पष्ट हुन्छ ।

बाथ रोग हुनेहरुले खानपानमा निकै ख्याल गर्नुपछ भिटामिन ए, डी र ई तत्व पर्याप्त मात्रामा खाने गर्नु पर्छ। तर प्रोटिन भएका खानेकुरा खानु हुदैन। जस्तोः टमाटर, पालुग्ङो , तोरीको साग बाथ रोगीका हानिकारक हुन्छ।

काँचो तरकारीहरुको रस, गाँजर, स्याउ, मौसम, अनार, जस्ता फल खानु उपयोगी मानिन्छ।बाथरोग बाट बच्न मद्यपान, धूम्रापान गर्नुहुँदैन। त्यस्तै जंगफुडको प्रयोग पनि गर्नु हुँदैन ।

असोज २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्