मोटरसाइकल पोलमा ठोक्किँदा एकको मृत्यु, एक घाइते

फाइल तस्बिर

नेपालगञ्ज – बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्का गम्भीर घाइते भएका छन्।

नेपालगञ्ज–२०, राँझाचोकमा गएराती भे५प २३९१ नम्बरको मोटरसाइकल विजुलीको पोलमा ठोक्किँदा कोहलपुर–१५ का जीवन चौधरीको मृत्यु भएको हो।

मोटरसाइकलमा रहेका सोही ठाउँका दीपेन्द्र थारु गम्भीर घाइते भएका छन्। घाइतेको नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेको छ।

राति साढे ११ बजेतिर राँझास्थित आर्मी ब्यारेक नजिकको चोकमा मोटरसाइकल दुर्घटनामा परेको थियो। कोहलपुरका व्यक्ति अबेर राति राँझामा किन आएका थिए भन्ने खुल्न सकेको छैन।

असोज २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्