घरैमा बसेर एनआईसी एशिया बैंकको खाता खोल्न सकिने

काठमाडौँ– “सोच बदलौं, एनआईसी एशिया बैंक नै रोजौँ” भन्ने मुल नाराका साथएनआई सी एशिया बैंकले घरैमा बसेर खाता खोल्न सकिने योजना ल्याएको छ ।

अब बैंक खाता खोल्न लाइनमा बसीरहन नपर्ने र अब घरैमा बसी झण्झटरहित तरीका बाट आफ्नो बैंक खाताखोल्न सकिने बैंकले जनाएको छ।

अनलाइन बाट “न्यू प्रिमियम समुन्नतिबचत खाता”खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २०% को विशेष छुट पाउन सकिनेछ ।

यस सुविधाबाट देश तथाविदेशमा रहेका ग्राहकमहानुभावहरुलाई बैंकको “न्यू प्रिमियम समुन्नति बचत खाता”खोल्न सहज हुने बैंकको दाबी छ ।

यो बैंक मुलुकभर २६१ शाखाकार्यालयहरु, २५६ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६४ अर्ब तथाकर्जा रू. १३८ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफलभइसकेको छ । हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको दाबी गरेको छ ।

 

असोज २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्