मलाई अहिलेसम्म अलार्मसँग डर लाग्छ : दीपिका पादुकोण

डिप्रेशन र दुर्व्यवहारको बारेमा अहिले धेरै महिला खुलेर कुरा गरिरहेका छन्। यसमा दीपिका पादुकोण पनि पर्छिन्।

सामाजिक सञ्जालमा एउटा भिडियो आएको छ जसमा उनले आँशु बगाउँदै भनेकी छन्, ‘म मात्र निदाउन चाहन्थे, त्यो मेरो बच्ने तरिका मात्र थियो। सुतिरहनुमात्र थियो र उठ्नु थिएन। हरेक दिन मलाई उठ्नु थियो, मलाई काममा जानु थियो। हरेक दिन चुनौति थियो, मलाई त्यो ठाउँ खोज्नु थियो जहाँ म रुन सकुँ। आज सम्म मलाई त्यो अलार्मसँग डर लाग्छ।’

एक पछि अर्को हिट चलचित्र दिइरहेकी अभिनेत्री दीपिका पादुकोणले केही वर्ष अगाडि मिडियामा आफ्नो डिप्रेशनको समस्याको बारेमा कुराकानी गरेर सबैलाई अचम्मित पारेकी थिइन्। अब अहिले उनी यो समस्यासँग जुधिरहेका बिरामीहरुलाई मद्दत गर्न चाहन्छिन्।

दीपिकाले ‘लिभ लभ लाफ फाउनडेसन’ नामको एक संस्था खोलेकी छन्। अनि यो संस्थाको लागि धेरै डाक्टर र मनोवैज्ञानिकहरुसँग काम गरिरहेकी छन्।

दीपिका मान्छिन् की मानसिक स्वास्थ्यलाई लिएर भारतमा जनचेतनाको कमी छ। यो संस्थाको माध्यमबाट उनी डिप्रेशनसँग लडिरहेका बिरामीलाई सहयोग गर्न चाहन्छिन्।

दीपिका भन्छिन्, ‘मलाई यो पनि लाग्थ्यो कि मेरो अवस्थाको बारेमा कसैलाई पनि थाहा नहोस्। मलाई यसैको लागि मुस्कुराउन पर्थ्यो म ठीक छु भन्ने देखाउन कोशिस गर्नुपर्थ्यो। त्यो समयमा कोही भेटिएको भए हुन्थ्यो, जसले मलाई भनिदिन्थ्यो, ‘मलाई थाहा छ तिमीलाई के भएको छ।’

जब मलाई डिप्रेशनको बारेमा थाहा भयो मेरो बाटो केही हदसम्म सहज भयो। धेरै मानिसहरु डिप्रेशनको बारेमा अनविज्ञ छन्।

दीपिकाले वर्ड मेन्टल हेल्थ थेको मौकामा भिडियो सार्वजनिक गरेर डिप्रेशनलाई गम्भीरताको साथ लिन अनुरोध गरिन्। दीपिकाले भनिन् कि सन् २०१४ मा उनलाई डिप्रेशन भएको थियो, उनलाई लागेको थियो कि उनी जुन सुकै बेलामा पनि ‘ब्रेकडाउन’ हुन सक्छिन्।

यस्तै आलिया भट्टले आफ्नो बहिनी शहिन भट्टसँग माफी मागेकी छिन्। आलियाले आफ्नो बहिनीको डिप्रेशनलाई बुझ्न नसकेकोमा माफि मागेकी हुन्। भिडियोमा आलियाले भनेकी छन्, ‘म २५ वर्षसम्म सँगै बसेर पनि तिम्रो डिप्रेशनको बारेमा बुझ्न सकिन, म अत्यन्तै दुखी छुँ।’

असोज ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्