ब्राजिलले अर्जेन्टिनालाई हरायो, जित्यो सिल्भरवेयर

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले अर्जेन्टिनालाई हराएको छ । साउदी अरेबियामा भएको खेलमा नेइमारसहितको ब्राजिलले अर्जेन्टिनालाई १–० ले हराएको हो ।

लियोनल मेस्सीसहितका स्टार खेलाडी बिनाको अर्जेन्टिनामाथि जित निकाल्न नेइमार, फिलिप कोन्टिन्हो, रोबर्टो फिरमिनोसहितका स्टार खेलाडी युक्त ब्राजिललाई अन्त्यसम्म संघर्ष गुर्न परेको हो ।

ब्राजिलको जितमा इन्जुरी समयको तेस्रो मिनेटमा मिराण्डाले गरेको गोल निर्णायक बन्यो । नेइमार, कोन्टिन्हो, फिरमिनोसहितका खेलाडीले गोल गर्ने प्रयास गरेका थिए तर निराश बने ।

अर्जेन्टिनाको टिममा अधिकांश युवा खेलाडी थिए । यो टिममा मेस्सीसहित सर्जियो अग्युरो, गोन्जालो हेगुइन तथा एन्जल डी मारिया पनि थिएनन् ।

अर्जेन्टिनाका लागि पाउलो डिबालाले गोल गर्ने सुन्दर मौका बनाएका थिए तर सफल हुन सकेनन् । जितसँगै ब्राजिलले मैत्रीपूर्ण खेलको सिल्भरवेयर उपाधि जित्यो ।

असोज ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्