अफ्रिका कप अफ नेशन्सका लागि पहिलोपटक छानियो माडागास्कर, इजिप्टले पनि बनायो स्थान

आउँदो वर्ष हुने अफ्रिका कप अफ नेशन्सका लागि इजिप्ट, ट्युनिसिया, सेनेगल र माडागास्कर छनौट भएका छन् । इक्वेटोलियल गिनीलाई १–० ले हराउँदै माडागास्करले अफ्रिका कप अफ नेशन्समा पहिलो पटक स्थान पक्का गरेको हो ।

माडागास्करका लागि एनविवा राकोतोकारिमालालाले गोल गरेका हुन् । माडागास्कर २४ देशको सहभागिता रहने अफ्रिका कप अफ नेशन्सका लागि छनौट हुने पहिलो टिम बन्यो ।

यस्तै इजिप्ट, सेनेगल र ट्युनिसियाले त्यसपछि स्थान पक्का गरेका हुन् । अफ्रिका कप अफ नेशन्स आउँदो वर्षको जुन–जुलाईमा क्यामरुनमा हुनेछ ।

असोज ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्